दाङ । संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले सरकारले मिडिया विधेयक संचार माध्यमलाई नियमन गर्न ल्याएको बताउनुभएको छ ।

Advertisements

नेपाल पत्रकार महासंघ दाङ शाखाले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले गलत सूचना प्रवाह गर्ने अधिकार कसैलाई नभएको भन्दै संचार माध्यमलाई जिम्मेवार बनाउन मिडिया विधेयक ल्याइएको बताउनुभयो ।
पत्रकार महासंघका पदाधिकारीले मिडिया विधेयक नपढेरै बिरोध गरेको भन्दै वास्तविकता नबुझेर बिरोध गर्नुको औचित्य नभएको बताउनुभयो । विधेयकमा पत्रकारलाई तोकिएको जरीवानाका विषयमा संशोधन गर्न सकिने बताउनुभयो । ‘पत्रकार महासंघका साथीहरुले नढेरै मिडिया विधेयकको बिरोध गर्नुभएको छ ।’उहाँले भन्नुभयो,‘पहिले पढ्नुस्,अनि बहस गर्न आउनुस् । बेकारमा रोइलो नगर्नुस् ।
संचार माध्यमलाई नियमन गर्न ल्याइएको विधेयकको बिरोध गर्नुभन्दा श्रमजीवी पत्रकार ऐन कायान्वयनमा चासो लिन पत्रकार महासंघलाई उहाँले आग्रह गर्नुभयो ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्