दाङ । विकासका हिसावले पछि परेको बस्तीमा एक युवाको सहयोगले सडक निर्माण भएको छ । दंगिशरण गाउपालीका वडा नम्बर २ सिमलकुनामा विक्की सिंह ठकुरीद्धारा सडकको निर्माण गरिएको हो ।

Advertisements

झण्डै ७० घरधुरी रहेको त्यस बस्तीमा ५ सय ५० मिटर सडकमा ठकुरीको सहयोगमा ग्राभेल सहितको सडक निर्माण भएको हो । सडक नहुदा बर्षायाममा हिलो र गर्मियाममा धुलो हुने हुदा त्यहाका बासिन्दाले सहयोगको माग राख्दै ठकुरी समक्ष पुगेका थिए ।

Advertisements

सामजिक कार्यमा सक्रिय ठकुरीले उनिहरुको मागबारे सकारात्मक हुदै सहयोग गरेका हुन । यसैविच, एक कार्यक्रमका विच उक्त सडकको आज उद्घाटन गरिएको छ । सडक उद्घाटन गर्दै ठकुरीले समाजमा पछि परेको बस्तीमा सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको बताएका थिए । विकासको हिसावले पछि परेको बस्तीको लागि आगामि दिनमा समेत सक्दो सहयोग गर्ने उनले बताएका थिए । मोहन विकको अध्यक्षतामा भएको उद्घाटन अवसरमा नेकपाका नेता धनविर चौधरी,डम्मर खत्रि,यशोदा घिमिरे,विष्णु गौतम,श्रीधर न्यौपाने,अमृत ओली,माधव कार्कि,बम बहादुर चन्द,शुधिर निरौला,भरत शाही,रमेश केसी,शुधिर शाह लगायतको उपस्थिति रहेको थियो । झण्डै ढाई लाखको लागतमा सडकको निर्माण कार्य सकिएको जनाइएको छ ।

उद्घाटन कार्यक्रमको सहजिकरण लाल बहादुर गौतमले गरेका थिए । सो अवसरमा एक युवाको सहयोगले सडक निर्माण भएपछि खुसी हुदै उनिहरुले उनलाई अविर सहित खादा लगाएर सम्मान समेत गरेका थिए । तुलसीपुर ११ बेलटाकुरा स्थायी घर भएका ठकुरीले पछिल्लो समय विभिन्न सामाजिक कार्यमा सहयोग गदै आएका छन । युवाहरु माझ लोक प्रिय रहेका उनि युवा संघको क्षेत्रिय उपाध्यक्ष समेत हुन ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्