बुटवल । प्रदेश ५ नेकपा कम्युनिष्ट पार्टीले संसद विकास कोषको व्यवस्था नगर्न सरकारलाई आग्रह गरेको छ ।

Advertisements

आज बसेको संसदीय दलको बैठकले संसद विकास कोषका नाममा कुनै पनि रकम आगामी बजेटमा बिनियोजन नगर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

Advertisements

प्रदेश ५ मा सत्तारुढसहित अधिकांश सांसदहरुले कम्तिमा ३ करोड रकम सांसदलाई दिनुपर्ने बताउदै आएका थिए । नेकपा संसदीय दलको बैठकले सांसदलाई रकम दिने कुरा संघीयता बिरोधी हुने भन्दै त्यस्तो व्यवस्था रोक्न सरकारलाई आग्रह गरेको हो ।

बैठकले समानुपातिक बजेट निर्माणका लागि आग्रह गरेको प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । दलका उपनेता एव आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकमा अधिकांश सदस्यले बजेट दिनुपर्ने माग गरेका थिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्