दाङ । तुलसीपुर उपमहानगरपालिकाका ११ वटा वडामा  १३८ बालबालिका कुपोषित फेला परेका छन् । तीमध्ये ४७ जना बालबालिका  मात्र सम्पर्कमा आएको स्वास्थ्य महाशाखाले जनाएको छ। ९१ जना कुपोषित बालबालिकाहरू सम्पर्कमा नआएका स्वास्थ्य चौकी टरीगाँउका ‘फोकल’ पर्सन रेणु केसीले बताइन्।

Advertisements

युएआईडीको सहयोगमा तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको सुआहारा कार्यक्रमअन्तर्गतवडा नम्बर १० को राईखलियानमा मंगलबार गरिएको कडा शीघ्र कुपोषणको उपचार तथा घरायसी व्यस्थापनसम्बन्धी अभिमुखीकरणमा केसीले सम्पर्कमा आएका ४७ जना मध्ये निको भएको बताए। १३ जना, डिफल्टर अर्थात् उपचार गर्दा गर्दै आउन छोडेका २२ जना,अन्य अस्पतालमा थप उपचारका लागि पठाएका सातजना र औषधी खाइरहेका पाँच जनाको रहेको केसीले जानकारी दिइन्।

Advertisements

 

२०७४ चैत ७ गतेदेखि २०७६ जेठ २७ गते सम्मको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका ११ वटा वडामा ६ हजार ९०८ जना बालबालिका रहेका स्वास्थ्य महाशाखा तुलसीपुरले जनाएको छ। ११ वटा वडाको केन्द्र टरीगाउँ केन्द्रमा अझै ९१ जना कुपोषित बालबालिका  सम्पर्कमा आउन नसकेको बताइन्। बाँकी आठ वटा वडाको केन्द्र मानपुरमा पनि कुपोषित बालबालिका रहेको सुआहाराले जनाएको छ। यता तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले कुपोषित बालबालिकाको संख्याले अवस्था चिन्ताजनक रहेको बताइन्। उनले टरीगाँउ केन्द्र अन्तर्गत ११ वटा वडाका १ सय ३९ जना मध्ये बढी संख्यामा सम्पर्कमा नआउनु चिन्ताको विषय भएको बताइन्।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्