दाङ । सत्तारूढ नेकपामा प्रवेश गरेका नेत्रविक्रम चन्द ´विप्लव` नेतृत्वको नेकपाका नेता रामवरण वैश्य ´फरार अपराधी` भएको खुलेको छ ।
रूकुम पुर्व जिल्ला अदालतले उनलाई सरकारी कागजात किर्ते गरेको अभियोगमा दोषी ठहर गरेको श्रेस्तेदार सुशील यादवले जानकारी दिए । उनका अनुसार वैश्यले सवारी चालक अनुमति पत्र(लाइसेन्स) किर्ते गरि बेचबिखन गरेको अभियोगमा जिल्ला अदालतले गत बैशाख ३० गते १ बर्ष कैद र ५० रूपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।

Advertisements

अदालतको फैसला पश्चात् उनी फरार छन् । उनी कानुनी रूपमा ´फरार अपराधी` हुन् । उनै फरार अपराधीलाई सत्तारूढ दल नेकपाले भने फुल माला लगाएर स्वागत गरेको छ ।
वैश्य यहीँ जेठ २८ गते आफु विप्लव समुहको दाङ जिल्ला कमिटी सदस्य र सोही समुहको भातृ संगठन मधेसी मुक्ति मोर्चाको केन्द्रीय सदस्य त्यागेर सत्तारूढ नेकपामा प्रवेश गरेका थिए । यद्यपि विप्लव समुहले विज्ञप्ति जारी गरेर वैश्य आफ्नो पार्टीको कुनै पदमा नरहेको दावी गरेको छ ।

Advertisements

उनलाई नेकपाका केन्द्रीय सदस्य हेमराज शर्मा ´डाइमण्ड` र दाङ अध्यक्ष टिकाराम खड्का लगाएतकाले पार्टीमा स्वागत गरेका थिए । नेकपा दाङका सचिव सुवास पुनले वैश्यको पृष्ठभूमि आफूलाई थाहा नभएको र अध्यक्ष टिकाराम खड्काले पार्टी प्रवेश कार्यक्रममा बोलाएकाले सहभागी भएको प्रतिक्रिया दिए ।

पार्टी प्रवेशमा कार्यक्रममा सहभागी भएका केन्द्रीय सदस्य डाइमण्ड र जिल्ला अध्यक्ष खड्का सँग प्रतिक्रिया लिने प्रयास भने उनीहरू दुवैको मोबाइल स्विच अफ भएका कारण सफल हुन सकेन । जिल्ला पार्टी कार्यालयमा गरिएको पार्टी प्रवेश कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य सुरामणी बेल्वासे,कृष्ण भुषाल,तुलसीपुर नगर कमिटी सदस्य भिमकान्त बस्याल´संगीत`लगाएतकाको सहभागीता रहेको थियोे ।

तस्वीर स्रोत : संगित बस्यालको  फेसवुक

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्