सोलुखुम्बु । अज्ञात समूहले गरेको आगजनीबाट सोलुखोला हाइड्रोपावर प्रोजेक्टले प्रयोग गर्दै आएको स्काभेटरमा आंशिक क्षति भएको छ।

Advertisements

सोलु दूधकुण्ड नगरपालिका-११ तिङ्लामा ८२ मेगावाटको निर्माणाधीन सोलु खोला दूधकोशी हाइड्रोपावर प्रोजेक्टको स्काभेटरमा शनिबार राति आगजनी भएको थियो। स्काभेटर आगजनी गरेको घटनास्थलको १५ मिटर नजिकै प्रेसर कुकर बम फेला परेको र बम डिस्पोजका लागि इटहरीबाट नेपाली सेनाको टोली आउँदै गरेको घटनास्थलबाट प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए।

Advertisements

प्रहरी निरीक्षक कार्कीका अनुसार आगजनी गरिएको स्काभेटर कोबेल कम्पनीको  रहेको र नम्बर भने खुल्न बाँकी रहेको बताइएको छ। आगलागी कसले गराएको हो र प्रेसर कुकुर बम कसले राखेको हो भन्नेबारे केही खुलिनसकेको पनि प्रहरी निरीक्षक कार्कीले बताए।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्