बुटवल । प्रदेश ५ को योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।

Advertisements

उपाध्यक्ष डा. श्रेष्ठले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएपछि प्रदेश योजना आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री शंकर पोखरेल समक्ष राजिनामा दिएका हुन । डा. श्रेष्ठलाई २०७४ साल चैत्र ६ गते बसेको मन्त्रीपरिषद बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो । श्रेष्ठले १५ महिना प्रादेशिक योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहदा प्रदेशको बस्तु बिवरण स्थिति पत्र र आवधिक योजना बनाउने जस्तो महत्वपूर्ण काम भएका छन् ।

Advertisements

श्रेष्ठले  प्रदेशमा प्रचुर सम्भावना भएको बताए । अब एक खालको बिकासको खाका बसिसकेकाले प्रदेश बिकासको गतिमा अगाडी बढ्ने बिश्वास उनको छ । उनले भने,´हिजोका दिनमा बिना योजना काम भएका थिए नभएको होइन तर अब प्रथम आबधिक योजना बनिसकेको छ बजेट पनि त्यसैको आधारमा आइसकेको छ अब बिकासले गति लिन्छ ।`

जेठ १४ गते नै श्रेष्ठले राजिनामा दिएको भएपनि बजेट सार्बजनिक गर्नुअघि राजिनामाको बिषय गोप्य राखिएको थियो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्