दाङ । प्रेमिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–६ का ३५ बर्षिय नविन शर्मा सोही ठाउँकी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी प्रेम शाहीले जानकारी दिएका छन् । प्रहरीका अनुसार शर्माले युवतीकै कोठामा बलात्कार गरेको आरोप लागेको छ ।

Advertisements

स्रोतका अनुसार बलात्कृत युवती बलात्कारका आरोपी शर्माकी प्रेमिका हुन् । उनीहरु दुवैजना विवाहित हुन् । दुवैका सन्तान छन् । केही महिना पहिले उनीहरु विहे गर्नेभन्दै भागेर भारत जाँदै गर्दा शर्माकी जेठी श्रीमतीको उजुरीका आधारमा महेन्द्रनगरबाट पक्राउ गरेका परेका थिए । केही दिन हिरासतमा बिताएका उनीहरु अदालतको आदेशमा धरौटीमा छुटेका थिए । माइतीमा बस्दै आएकी ती युवती परपुरुषसँग पक्राउ परेपछी उनका श्रीमान्नाले बालक छोरो आफैँसग लागेका छन् ।

Advertisements

हिरासतबाट छुटेका उनीहरु फर्केर दाङ आएका उनीहरु बिच प्रेम भने टुटेको थिएन । उनीहरु नियमित फोन सम्पर्कमा रहने र कहिलेकाँही भेटघाट गर्ने गरेको उनी निकटस्थहरु बताउँछन् । गएराती शर्मा युवतीको कोठामा गएर शारिरिक सम्बन्ध राखेका थिए । शारिरिक सम्बन्ध राखे पश्चात प्रहरीलाई बलात्कार भएको खबर गरिएको थियो । शर्मालाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको थियो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्