गणेश आचार्य
दाङ । बलात्कारको आरोपमा नेपाल प्रहरीका हवल्दार पक्राउ परेका छन् ।

Advertisements

यहीँ जेठ २१ गते राति तुलसीपुर ६ गाइडरमा महिला(३१)लाई सामुहिक बलात्कार गरेको आरोपमा अस्थायी प्रहरी चौकी नयाँ बसपार्कमा कार्यरत हवल्दार मानबहादुर गुरुङ(३६) पक्राउ परेको इप्रका तुलसीपुरले जनाएको छ ।
इप्रका तुलसीपुरका प्रमुख डीएसपी प्रेम शाहीका अनुसार हवल्दार गुरुङ सँगै किशोर भण्डारी(३३)लाई जेठ २७ गते पक्राउ गरिएको छ ।

Advertisements

उनीहरुलाई पहिलोपटक सात दिन र दास्रो पटक १० दिनको म्याद थपिएको छ । प्रहरी स्रोतका अनुसार बलात्कार भएकी भनिएकी ती महिलाले यसअघी पटकपटक गरी चार जना पुरुष विरुद्ध बलात्कारको मुद्दा हालेकी थिइन् । एकजना बलात्कारका आरोपी कैद भुक्तानगरी जेलमुक्त भइसकेका छन् भने अन्यले जेल जीवन बिताइरहेका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्