क्वालालम्पुर । मलेसियाााको  भ्रष्टाचार विरुद्धको आयोग (मलेशियन एन्टी करप्सन कमिसन)ले मलेशियाका पूर्वउपप्रधान एवं आन्तरिक मामिलामन्त्री अहमद जाहिद हमिदिलाई पक्राउ गरेर बुधबार मुद्दा चलाएको छ ।

Advertisements

आयोगले एर्टोनी जनरल्स् च्याम्बरबाट अनुमति लिएर हमिदिलाई सोमबार पक्राउ गरेको हो । आयोगले बुधबार उनलाई क्वालालम्पुरको सेसन्स् कोर्टमा उपस्थित गराएको छ ।

Advertisements

आयोगले उनीमाथि भीएलएन नामको विदेशी कामदारका लागि दिइने भिसा प्रक्रियामा भ्रष्टाचार गरेको अभियोग लगाएको छ । तर, उनी विरुद्ध कस्ता–कस्ता मुद्दा लगाइएको भन्ने बारेमा खुलाइएको छैन ।

भीएलएन त्यही प्रणाली हो, जसबारे खोज पत्रकारिता केन्द्र र मलेशियाकिनीले संयुक्त रूपमा असार–साउन २०७५ मा हमिदिसहित मलेशियाका सरकारी अधिकारीसँगको मिलेमतोमा नेपाली एजेन्ट कम्पनीले मलेशिया जाने कामदारबाट अनधिकृत रुपमा रकम उठाएको र उक्त रकम गैरकानुनी बाटोबाट मलेशिया पुर्‍याएको पनि खुलासा गरेको थियो ।

नेपालमा मलेशिया र नेपालका तत्कालीन सरकारी अधिकारी र एजेन्ट कम्पनीबीचको मिलेमतोमा भिसा लुअर नेगरा–भीएलएन नाम दिइएका भिसा सेन्टर खोलेर २०७० सालदेखि २०७५ वैशाखसम्म मलेशिया जाने कामदारबाट अतिरिक्त रकम अशुल्ने काम भइरहेको थियो ।

मलेशिया भीएलएन नेपाल प्रालि नामक कम्पनीमार्फत भीएलएन प्रणालीका नाममा मलेशिया जाने कामदारसँग भिसा प्रोसेसिङ भनेर शुल्क उठाउन थालिएको हो ।

भीएलएन हाकिम हमिदि आन्तरिक मामिला मन्त्री भएका बेला मलेशियन सरकारले ‘आउट–सोर्सिङ’ गरेको निजी कम्पनी अल्ट्रा किनारा एसडीएन बीएचडी को नियन्त्रणमा रहने नेपाली एजेन्ट कम्पनी हो ।

भीएलएनले भिसा प्रोसेसिङ शुल्क बापत २०७५ वैशाखसम्म नेपाली कामदारबाट रु. ३ हजार २०० का दरले एक अर्ब ९५ करोड उठाएको थियो । यो रकम गैरकानुनी बाटोबाट मलेशिया पुर्‍याएको रहस्य यसअघि नै नेपाली मिडियाले  खुलासा गरेका थिए ।

यससम्बन्धी  समाचार मलेशियाका मलेशियाकिनी, द डेली स्टार, द स्ट्रेट टाइम्स, द सन डेली, मले मेल, न्यू मलेशिया टाइम्स, सिंगापुरको याहु न्यूज लगायत सञ्चारमाध्यमले समेत प्रकाशन गरे ।

त्यसलगत्तै मलेशियाका सत्तासीन दलका सांसदले ठगीमा संलग्नलाई कारबाही गर्न र सम्बन्धित कम्पनीहरूमाथि अनुसन्धान थाल्न माग गरेका थिए । यस्तै, मलेशियाकाे संसदमा समेत उक्त समाचारका बारेमा छलफल भएको थियो ।

त्यसपछि मलेशियाको सरकारलाई कारबाही अघि बढाउन दबाब परेको थियो । मलेशियाको गृहमन्त्रालयले समाचारमा आएका प्रमाणहरूमाथि छानबिन गर्ने बताएको थियो ।

समाचार प्रकाशनपछि ६ साउनमा मलेशियाका तत्कालीन आन्तरिक मामिला मन्त्री अहमद जाहिद हमिदीले पत्रकारलाई दिएको जवाफमा ‘नेपाली कामदार ठगिएको विषयमा आफ्नो कुनै संलग्नता नभएको’ बताउँदै प्रमाणित गर्न सरकारलाई चुनौती दिएका थिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्