दाङ । खुकुरी प्रहारगरी एक युवकको हत्या गरिएको छ । गुन्डागर्दीमा सक्रिय एक सुमहले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ का २२ बर्षिय रामबहादुर वलीको हत्या गरेको हो ।
६ जनाको संख्यामा रहेका भरत शाही लगाएतका युवाहरुले वलीलाई शनिवार दिउँसो करिब २ः३० बजे जसपुरको जनबहार चोक नजिकै अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर भएका वलीको तुलसीपुरमा प्राथमिक उपचारगरी नेपालगन्ज मेडिकल कलेज रेफर गरिएको थियो । त्यहाँपनि उपचार हुननसकेपछी गएराती लखनउ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार घटनामा संलग्न दुईजना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई जुरपनियाको जंगलबाट पक्राउ गरेको हो । उनीहरु प्रहरीले लखेटीपछी मोटरसाइल छाडेर भागेका थिए । प्रहरीले उनीहरुको साथबाट मोटरसाइकलको चावी बरामद गरेको छ । उनीहरुलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धना अघी बढाइएको छ । पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन् । फरार भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्