दाङ । खुकुरी प्रहारगरी व्यक्ति हत्या गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

Advertisements

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कचिलाका का २० बर्षीय रामबहादुर ओलीलाई खुकुरी प्रहारगरी हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका १८ दुधरासका २२ बर्षीय शौरभ मल्ल, तुलसीपुर ६ का १९ बर्षीय शम्भु शर्मा, तुलसीपुर १२ का २४ बर्षीय तेजेश पुनमगर, तुलसीपुर ११ का २२ बर्षीय रमेश केसी,तुलसीपुर ११ का २० बर्षीय अमृत वली र तुलसीपुर १२ का २२ बर्षीय भरत शाही लाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisements

शनिवार दिउँसो पाैने ३ बजे तिर तुलसीपुर उपमहानगरपालिका वडा ११ जनहार चोक नजिकै उनीहरूले वलीलाई खुकुरी प्रहारगरि हत्या गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । वलीको उपचारका लागि भारत लैजाँदै गर्दा मृत्यु भएको छ । प्रहरीका अनुसार हत्याको योजना बनाउने मुख्य योजनाकार बिक्किसिंह ठकुरी फरार छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्