दाङ । नेकपा दाङको इन्चार्जको जिम्मेवारी जीवन गाैतमले पाएका छन् । त्यसैगरी सहइन्चार्ज मेटमणी चाैधरीलाई तोकिएको छ ।

Advertisements

नेकपाको हेडक्वाटरले यस्तो निर्णय गरेको स्रोतको दावी छ । नेकपा उच्च स्रोतका अनुसार ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्जको नाम टुङ्गो लागिसकेको छ । यद्यपि यो निर्णय सार्वजनिक गरिएको छैन ।

Advertisements

सार्वजनिक नगरिएपनि यसमा कुनै फेरबदल नहुने स्रोतको दावी छ । दाङको इन्चार्ज बनेका गाैतम नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ समुहका हुन् भने सहइन्चार्ज चाैधरी वरिष्ठ नेता माधवकुमार नेपाल समुहका हुन् । गाैतम तत्कालीन एमाओवादी दाङको इन्चार्ज थिए भने चाैधरी एमाले दाङको इन्चार्ज थिए । उनीहरू दुवै हाल नेकपाको केन्द्रीय सदस्य छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्