कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई एक घण्टा जेल र एक रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

Advertisements

जिल्ला बार इकाई र उच्च अदालत बार इकाईका पदाधिकारीहरुले दायर गरेको मुद्धामा जिल्ला न्यायाधिस राजेन्द्र आचार्यको एकल इजलाशले यस्तो फैसला सुनाएको हो ।

Advertisements

अदालतले पत्रकार भण्डारीलाई सुनाएको यो सजाँय तत्कालका लागि भने स्थगन गरेको छ।  त्यसका लागि अदालतले केही सर्त राखेको छ।  जसमा पत्रकार भण्डारीले फेसबुकमा लेखेको स्टाटस हटाउनुपर्ने र आत्मालोचनासहित माफी माग्नुपर्ने उल्लेख छ।  पत्रकार भण्डारीले तीन दिनभित्र यी सर्तहरु पूरा नगरेको खण्डमा एक घण्टा जेलमा बसेर र एक रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।

पत्रकार भण्डारीविरुद्ध अदालतको अपहेलना गरेको, भ्रामक समाचार सम्प्रेशण गरेको, सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने खालको स्टाटस पोष्ट गरेको भन्दै मुद्दा हालेको थियो  । उनीविरुद्ध अधिवक्ता बिनोद भट्टले पनि मुद्दा हालेका थिए । त्यस्तै उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख पूर्व एसपी दिल्लीराज विष्टका छोरा किरणले पनि मुद्दा हालेका थिए  । त्यस्तै उनीविरुद्ध निर्मलाकी साथी समेत रहेका रोशनी बमकी दिदि अनिता बमले पनि मुद्धा दायर गरेकी थिइन् ।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्