दाङ । म्यानपावर व्यवसायी यादव सुनार‘सैघाली’लाई प्रहरीले पक्राउ गरेको छ ।
दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार सैघालीलाई साइबर क्राइमको कसुरमा कार्वाही गर्न पक्राउ गरिएको हो । सैघालीले ‘बीस लाख’नामको फेसवुक ग्रुप च्याट बनाई त्यसमा एक महिला संचारकर्मीले परपुरुष सँग यौन सम्पर्क राखेर २० लाख रुपैँया असुलेको भन्दै चरित्र हत्या गरेका थिए ।
एसपी पाण्डेका अनुसार सैघालीले उक्त ग्रुप च्याटमा ती महलिा संचारकर्मीको तस्वीर रोखेर २० लाख लिने यीनै हुन् भनेर लेखेका थिए । ती महिला संचारकर्मीले सैघालीले फेसबुकमा आफ्नो चरित्र हत्या गरेकाले कार्वाहीको माग गर्दै जिप्रकामा उजुरी दिएकी थिइन् । उनकै उजुरीका आधारमा सैघालीलाई पक्राउगरी थप कार्वाहीकालागि महानगरिय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ । ‘ती महिलासँग पैसा असुल्न ग्रुप च्याटमा चरित्र हत्या गरेको हुनसक्छ ।’एसपी पाण्डेले भने ।
सैघालीले यसअघिपनि साइबर अपराध गरेका थिए । उनी विरुद्ध नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले प्रहरीमा उजुरी दिएका थिए । तर,त्यसबेला माफी मागेपछी उनलाई छाडिएको थियो । म्यानपावर व्यवसायी संैघाली ‘सैघाली मिडिया ग्रुप’का संचालक समेत हुन् । सैघालीलाई प्रहरीले यसअघी सार्वजनिक अपराध कसुरमा पनि पक्राउ गरेको थियो ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्