हिमाल शर्मा

Advertisements

सल्यान। जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नं. १ सिन्दुरेका स्थानीयवासी झोलुङ्गे पुलको अभावमा सल्लीको फट्केको भरमा खोला वारपार गर्न बाध्य छन्।

Advertisements

धोबाटे खोलामा पुल नहुदा साविकको दमाचौर गाविसको वडा नं. २ र ३ का स्थानीय फट्केको सहारामा खोला तर्ने गरेका हुन्। वर्षामा बाढी आउ“दा फट्केको भरमा वारपार गर्दै आइरहेको स्थानीय वेदबहादुर चन्दले बताउनुभयो। उहाले भन्न्नुभयो– ‘विद्यालय जाने बालबालिका, वडा कार्यालयमा जाने सेवाग्राही र दैनिक कामकाज गर्न वारपार गर्ने सर्वसाधारण फट्केको भरमा वारपार गर्दै आइरहेका छन्।’

धोबाटे खोलामा पुल नहुदा अहिलेसम्म खोलाले बगाउ“दा एकजनाको ज्यान गइसकेको छ भने थुप्रै पशुचौपाया मरिसकेका छन्। खोलामा पुल बनाउने भनेर २०३६ सालमा सर्वे भए पनि अहिलेसम्म पुल बन्न नसकेको अर्का स्थानीय होमराज मल्लले वताउनुभयो। उहाले भन्नुभयो– ‘बुढापाकाको भनाइअनुसार खोलामा पुल बनाउने भनेर २०३६ सालमा सर्वे भएको हो रे तर अहिलेसम्म सर्वे सकिएको छैन।’

सल्लाको काठबाट बनाइएको फट्के वर्षाको भेलले बगाउने तथा अर्को वर्षसम्म कुहिने गरेको मल्लको भनाइ छ। ‘सिन्दुरेमा मात्रै दुई सयभन्दा बढी परिवारको बसोबास रहेकाले उनीहरुको खोला तर्ने सहारा यही फट्केको हो’– उहाले बताउनुभयो।

फट्के तर्दा बालबालिका, बृद्धवृद्धा, गर्भवती महिला फट्केबाट खोला तर्न निकै डराउने गरेको उहा“ले बताउनुभयो। उहा“ले भन्नुभयो– ‘वडा कार्यालय, बजार र स्वास्थ्य संस्था जानका लागि पनि यो खोला पार गरेर जानुपर्ने हुन्छ तर अहिलेसम्म यो ठाउ“मा पुलका बारेमा ध्यान दिएका छैनन्।’

नयाँयुगबाेध दैनिकबाट

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्