हिमाल शर्मा

Advertisements

सल्यान । टिमुर खेतीबाट राम्रो आम्दानी भएपछि सल्यानका किसानहरु व्यावसायिक टिमुर खेतीतिर आकर्षित भएका छन्। विगतका वर्षहरुमा तीन सय ५० सम्म प्रतिकिलो  बिक्री हुदै  आएको  टिमुरले अहिले प्रतिकिलो  छ सयदेखि आठ सय रुपै या“मा बिक्री भएपछि किसानहरु व्यावसायिक टिमुर खेती गर्न थालेका छन् ।

Advertisements

जिल्लामा अहिले  ब्यावसायिक टिमुर खेती गर्नेको संख्या बृद्धि भएको छ। पहिले –पहिले गाउ“–गाउ“मा परम्परागत रुपमा धान, मकै, गह“ु लगाउने कृषकले अहिले व्यावसायिक टिमुर खेती गरिरहेका छन्। पहिले आफूले टिमुरको बारेमा केही पनि थाहा नपाएकाले वास्ता नगरेको र अहिले टिमुरबाट राम्रो आम्दानी हुने भएपछि आफू व्यावसायिक टिमुर खेतीमा लागेको वनगाड कुपिण्डे नगरपालिका वडा नंं. १२ का ४३ वर्षीय हर्कलाल खड्काले बताउनुभयो।

उहा“ले भन्नुभयो– ‘आफ्नो बारीमा पहिले पनि टिमुर त हुन्थ्यो, पहिले त्यति वास्ता गरिदैनथ्यो। विगत केही वर्षयता सक्रिय भएर टिमुर खेतीमा लागेको छु।’ आफूले टिमुर खेतीबाट वार्षिक छ लाखदेखि आठ लाखसम्म आम्दानी गरेको उहा“ले बताउनुभयो । पहिले घर व्यवहार चलाउन धौ–धौ हुने गर्दथ्यो परिवार पाल्नको लागि भारत कमाउन जानु पर्दथ्यो। अहिले घरमै बसेर राम्रो आम्दानी गर्दा आफूलाई छुट्टै आनन्द आएको उहा“ले बताउनुभयो।

यस्तै सोही ठाउ“का कृष्णा खड्काले पनि आफूले राम्रो आम्दानी गरेको बताउनुभयो। थोरै लगानीमा राम्रो आम्दानी भएकोले आफूले पनि व्यावसायिक टिमुर खेती गरेको बताउनुभयो। कुनै बे ला आफ्नो बारीमा खे र जाने  टिमुरले अहिले  भने  राम्रो आम्दानी गरेको बताउनुभयो। गत वर्ष आठ सय रुपैया“मा बिक्री भएको टिमुर भने यस वर्ष छ सय रुपैया“मा बिक्री भएको उहा“ले बताउनुभयो । टिमुरको भाउ घटे पनि आफूले चिन्ता नमानेको उहा“ले बताउनुभयो।

यस वर्ष टिमुरले  सोचेअनुसारको मूल्य नपाए पनि आफूले राम्रो आम्दानी गरेको उहाले बताउनुभयो। पहिले  छ सयदेखि आठ सयसम्मको मूल्यमा घरै बाट बिक्री हुने टिमुर अहिले छ सय रुपैया“मै बिक्री गरेको उहा“ले बताउनुभयो।

यस्तै वनगाड कुपिण्डे  नगरपालिका–१२ निगालचुलाका किसान विमलराज डिसीले  पनि राम्रो आम्दानी गरेको बताउनुभयो । उहा“ले  भन्नुभयो – ‘पहिले  टिमुरले  मूल्य नपाएपछि बारीका डिलमा लगाएका बो टहरु काटे र फाले का थियौ ं तर विगत केही वर्षदे खि टिमुरले  राम्रो  बजार पाउन थाले पछि पुनः टिमुर खे ती गर्न थाले का छौ ं। यो  वर्ष त ज्यादै  खुशी भएका छौ ं।’

टिमुरले राम्रो आम्दानी हुन थालेपछि साविक निगालचुला वडा नं. २, ३, ४, ५, ६, ७, ८ का प्रत्येक घर धुरीले एक सयदेखि तीन सयसम्म टिमुरका बिरुवा रोपेको वनगाड कुपिन्डे नगरपालिका वडा नंं. १२ का अध्यक्ष गोविन्द डागीले बताउनुभयो। आफ्नो वडाका सबै कृषकले टिमुरलगायत बेमौसमी तरकारी खेती र फलफूल खेती गर्ने गरेको उहा“ले बताउनुभयो।

टिमुरले  मूल्य पाएपछि कृषकहरु मात्र हो इन ब्यापारी पनि खुशी भएका छन्। टिमुर खेतीका लागि राम्रो हावापानी भएकोले गुणस् तरीय टिमुर उत्पादन हुने  गरे को  जिल्ला वन अधिकृत थिरबहादुर कार्कीले बताउनुभयो ।

उहा“ले  नेपालका ३९ जिल्लामा टिमुर खे ती गरिए पनि सबैभन्दा राम्रो सल्यानले उत्पादन गरेको बताउनुभयो। उहा“ले भन्नुभयो– ‘यहा“ गुणस् तरीय टिमुर उत्पादन हुने  गरे को छ।’ मसला, ते ल, औषधि, साबुनलगायतका विभिन्न वस्तुमा प्रयो ग हुने  टिमुर सल्यानका विभिन्न स्थानमा पाइने  गर्दछ। यहा“का सबै  सामुदायिक, कबुलियती र निजी जग्गामा टिमुर लगाउने  क्रम बढदै  गएको  छ,। टिमुर खे ती प्रवद्र्धनका लागि जिल्ला वन कार्यालयले  बे र्ना वितरण, संकलनलगायतका विषयमा काम गरिरहे को  उहा“ले बताउनुभयो। यस वर्ष टिमुर खेतीबाट ३० करोड भन्दा बढी आम्दानी भएको उहा“ले बताउनुभयो।

नयाँयुगबाेध दैनिकबाट

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्