काठमाडौ । प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा अवरोध पुर्‍याएका छन् । कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले प्रतिनिधि सभाको रोष्टम घेराउ गरेका हुन् ।

Advertisements

कांग्रेस र राजपाले सर्लाहीमा भएको दुई हत्या भनिएको घटनालाई लिएर कांग्रेस र राजपाले अवरोध गरेका हुन् । उनीहरूले मानवअधिकार हनन बन्द गर्न र संसदीय सर्वोच्चता कायम गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।

Advertisements

सभामुख कृष्णबहादुर महराले ‘संसदीय सर्वोच्चता कायम गर्न आसन ग्रहणका लागि’ आग्रह गरे पनि उनीहरूले नाराबाजी गरेका हुन् ।

बैठकको शुरूवातमै प्रतिपक्षी सांसदहरू उभिएका थिए । उनीहरूलाई बसे मात्र सभामुखले समय दिने बताएका थिए । तर, उभिएको अवस्थामा समय नदिने भन्दै महराले रुलिङ गर्दै कार्यसूची अगाडि बढाउने बताए लगत्तै सांसदहरुले रोष्टम घेर्न आएका थिए

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्