नाइजेरिया : नाइजेरियाको बोर्नो प्रान्तस्थित एक मृत्यु संस्कारमा मलामी गएका मानिसहरुलाई लक्षित गर्दै भएको आक्रमणमा कम्तिमा ६५ जना मारिएका छन् ।
यस आक्राणमा १० जना घाइते भएका छन् ।

Advertisements

दुई साताअघि स्थानीय बासिन्दाहरुको हमलाबाट १५ जना बोको हरामका कार्यकर्ता मारिएका थिए । सोही घटनाको बदलाको रुपमा बोको हरामले यसपटक आक्रमण गरेको हुनसक्ने बताइएको छ ।

Advertisements

स्थानीय मिडियाका अनुसार बोको हरामका लडाकुको आक्रमणबाट यो घटना भएको हो । भागदौड तथा प्रतिवादको क्रममा केही बोको हरामका लडाकु पनि मारिएको बुझिएको छ । पछिल्लो समय बोको हरामले नाइजेरियामा आक्रमण तीव्र बनाएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्