काठमाडौ । उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा नहकुल सुवेदी सरुवा भएका छन् । उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश रहेका सुवेदीलाई आइतबार बसेको न्यायपरिषद् बैठकले पाटनमा सरुवा गरेको हो ।

Advertisements

मुख्य न्यायाधीश सहित २९ न्यायाधीश कार्यरत उच्च अदालत पाटन मुद्दाको चापका आधारमा सबैभन्दा व्यस्त उच्च अदालत हो ।

Advertisements

उच्च अदालत पाटनमा कार्यरत वरिष्ठतम मुख्य न्यायाधीश कुमार चुडाललाई उच्च अदालत सुर्खेतमा सरुवा गरिएको छ ।

विद्यावारिधि गरिरहेका चुडालको माग अनुसार नै न्यायपरिषद्ले सुर्खेत सरुवा गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

यस्तै न्याय परिषद् बैठकले उच्च अदालत सुर्खेतमा कार्यरत न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत तुलसीपुरमा सरुवा गरेको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्