दाङ । तुलसीपुर उपमहानगरपालिकाले बजारमा छाडा छोडिएका गाइलार्ई नियन्त्रणमा लिएर गौशाालाको जिम्मा लगाएको छ ।

Advertisements

बजारमा गाई छाडा छोड्दा दुर्घटना बढ्ने जोखिम बढेपछी फुलबारीमा रहेको तुलसी गौशालालाई जिम्मा लगाईएको मेयर घणश्याम पाण्डेले जानकारी दिएका छन् । उपमहानगरका सूचना अधिकारीका अनुसार एक सय ५० भन्दा बढी गाई गौशालामा पठाइएको छ ।

Advertisements

गाईको संरक्षण गर्ने हेतुले सहकारी संस्था दर्ता गरी स्थानीय मोहन भण्डारीले गौशाला संचालन गरेका छन् । मेयर गौशालाको स्तर वृद्धी गर्न पाण्डेले उपमहानगरको तर्फबाट १५ लाख उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्