काठमान्डौ । आज (बुधबार) बिहानै काठमाडौंको माइतीघरमण्डलमा सकेट बम फेला परेको छ।

Advertisements

महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौं महानगरपालिका(११, माइतीघरमण्डलास्थित सेन्ट जेभियर्स कलेजअगाडि सकेट बम भएको हो।

Advertisements

उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको छ।

‘कसैले तर्साउन राखेको जस्तो देखिन्छ,’ महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले नेपालखबरसँग भने, ‘बिहान ८ बजे नेपाली सेनाले निष्क्रिय पारिसकेको छ।’

उक्त बम राति नै कसैले राखेको हुन सक्ने उनले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्