महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–१४ को अतिब्यस्त चोकमै लाखौँको धनमाल चोरी भएको छ।

Advertisements

पूर्वपश्चिम राजमार्गबाट ५० मिटर नजिक र बर्दिवास–जलेश्वर सडकको मुखमै रहेको बर्दिवास–१४ स्थित विवेक ज्वेलर्सबाट मङ्गलबार राति चाँदी र नगदसहित पाँच लाखको धनमाल चोरी भएको हो।

Advertisements

राति ज्वेलर्सको मुख्य सटर फोडेर चोरी भएको पाइएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । पसल सञ्चालक श्यामकिशोर साहले पाँच किलो चाँदीका तयारी गहना र ७५ हजार नगद चोरी भएको बताए।

चोरले पसलको मुख्य सटर तोडेर भित्र पसे पनि मुख्यसेफ भने फोड्न नसक्दा सुन लान नसकेका इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए।

पसलभित्र प्रदर्शनीमा राखिएका चाँदीका गहना र नगदसहित पाँच लाखको धनमाल चोरी भएको साहले बताए।

बर्दिवास नगर क्षेत्रमा लागुपदार्थ दुव्र्यसनी यस्ता चोरीका घटनामा सरिक हुने गरेका स्थानीय व्यापारी बताउँछन्। पूर्वपश्चिम राजमार्गको भोला वसन्तचोकस्थित प्रहरी बिटबाट चोरी भएको पसलको दूरी ५० मिटर नजिक छ।

प्रहरी नायब उपरीक्षक थापाले नजिकका पसलमा रहेका सिसी क्यामेराको फुटेजका आधारमा प्रारम्भिक अनुसन्धान थालिएको बताए।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्