हुम्ला । हुम्लाका तीन गाउँपालिकामा फैलिएको पशुमा देखिएको खोरेत रोग अझै नियन्त्रण आएको छैन।

Advertisements

खोरेत रोग फैलिएर गाईवस्तु मरे पनि गाउँपालिकामा रहेका भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्रका कर्मचारी बेखबर छन्।  सर्केगाड, खार्पुनाथ र सिमकोट गाउँपालिकामा फैलिएको खोरेत रोगले अहिलेसम्म तीन दर्जनभन्दा बढी गाईवस्तु मरेको किसानहरुले बताए । सर्केगाडको राहदेव र खार्पुनाथको वडा नम्बर १ र ५ तथा सिमकोटको वडा नम्बर ७ र ८ मा रहेको  खर्कमा चरिचराउनका लागि लगिएको गाईवस्तु मरेका हुन्।

Advertisements

साउन सुुरुदेखि यस क्षेत्रका गाईवस्तुमा खोरेत देखा परेको सिमकोट–७ का धनलाल शाहीले बताए। उनका अनुसार गाईवस्तुमा ज्वरो आउने, झोक्राउने, मुखबाट र्‍याल आउने, खुरमा घाउ आएर हिँड्न नसक्ने, खान छोड्नेजस्ता लक्षण देखा परेको छ। सिमकोट–२ ठेहेको चुवाँखोला सामुदायिक वनमा राखिएका भेडाबाख्रामा पनि यो रोग देखा परेको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्