काठमाडौं । प्रहरीले ललितपुरको धापाखेलमा रहेको एक अपार्टमेन्टबाट ठूलो परिमाणमा नगदसहित १२ जुवाडे पक्राउ गरेको छ। प्रहरीले ललितपुर महानगरपालिका २३ स्थिति धापाखेलको डाउनटाउन अपार्टमेन्टमा बुधबार राति छापा मारेको हो।

Advertisements

अपार्टमेन्टको ५१० नम्बरमा कौडा खेल्दै गर्दा १२ जना पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ८ लाख ४० हजार नगद, कौडा, एक सेट पासा र एक बुक तास समेत बरामद भएको छ।

Advertisements

उक्त अपार्टमेन्ट रञ्जित महर्जन नाम गरेका व्यक्तिको रहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्