काठमाडौं । प्रतिनिधिसभामा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई सम्बिन्धित मन्त्रालयको कामलाई लिएर ४५ जना सांसदले प्रश्न गरेका छन्।

Advertisements

बिहीबारको बैठकमा मन्त्रीपुनलाई सांसदहरुले आएर प्रश्न गरेका थिए। जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा देखिएको विद्युत् आपुर्तिको समस्या सम्बोधनका लागि सम्बिन्धत मन्त्री र विद्युत् प्राधिकरणले गम्भीरता नदेखाएको भन्दै मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका थिए। उनले मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले फोन पनि नउठाएको र भेटका लागि पनि समय नदिएको गुनासो गरेको थिए।

Advertisements

मन्त्री पुनले सांसद महतले उठाएको प्रश्नको जवाफ दिँदै गर्दा एक्कासि संसदमा बत्ति निभ्यो। झन्डै १५ सेकेन्ड बत्ति निभे पनि मन्त्री पुन भने निरन्तर बोलिरहे।

मन्त्री पुनले जुम्लामा विद्युत्को बैकल्पिक व्यवस्थाको लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको जानकारी दिए उनले जुम्लामा विद्युत् आपुर्तिमा आएको समस्याबारे आफुहरुलाई जानकारी प्राप्त भए लगत्तै बैकल्पिक प्रयास सुरु गरिएको उल्लेख गर्दे नेपाल विद्युत् प्राधिकरणको मस्र्याङदी जलविद्युत् केन्द्रमा रहेको ३ सय केविए क्षमताको डिजेल जेनेरेटर पठाउने गरि आवश्यक निर्देशन र प्रक्रिया अघि बढाएको बताए।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्