काठमाडौं  । दुई पांग्रे सार्वजनिक यातायात सेवा दिँदै आएको कम्पनी पठाओले अब चार पांग्रे सार्वजनिक सेवा पनि दिने भएको छ। यसका लागि कम्पनीले राजधानीमा ट्याक्सी सेवा सुरु गर्ने तयारी गरेको हो। उपभोक्ताले पठाओको सेवा अत्यधिक रुचाएको भन्दै कम्पनीले आउँदो शुक्रबारदेखि ट्याक्सीमार्फत सेवा दिनलागेको जनाएको छ।

Advertisements

कम्पनीकी मार्केटिङ प्रमुख सुरक्षा हमालले नेपालखबरसँग भनिन्, ‘दुईपांग्रेमा उपभोक्ताहरुको धेरै आकर्षण रह्यो, त्यहीअनुसार चारपांग्रे सेवाको पनि माग भइरहेको हुनाले यसको सेवा यही शुक्रबारदेखि सञ्चालन गर्नलागेका हौँ।’ कम्पनीले सुरु गर्न लागेको चार पाङ्ग्रे सेवा सार्वजनिक ट्याक्सीहरुबाट नै हो। उक्त कम्पनीमा हाल तीन सयवटा ट्याक्सीहरु आबद्ध हुन आइसकेका छन्।

Advertisements

 

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्