दाङ । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समुहले आगजनि गरेकाे छ ।

Advertisements

गएराति करिव १२:४५ काे समयमा अागजनि भएकाे हुन सक्ने अनुमान गरीएकाे छ । अगजनी बाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नस्ट भएकाे छ । गाडिमा लागेकाे अागाे ईलाका प्रहरी कार्यालय कमिरेचाैरबाट सई गाेपाल प्रसाद शर्माकाे कमाण्डमा खटीएकाे प्रहरी टाेली र स्थानीयले नियन्त्रणमा लिएकाे शई शर्माले बताउनु भयाे ।

Advertisements

बंगलाचुली गाउपालिका वडा नं.५ काे कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरि राखीएकाे गाडीमा अागजनी भएकाे हाे ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्