काठमाडौं । पाँच वर्षयता विभिन्न हिमाल आरोहणका क्रममा ८४ जनाको मृत्यु भएको छ।

Advertisements

३९ जनाको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाव समितिको प्रतिवेदनमा छ।

Advertisements

प्रतिवेदनमा सरकारले विभिन्न ३२ हिमाल आरोहणका लागि १० हजार २०१ जनालाई अनुमति दिएको थियो। सगरमाथा आरोहणका लागि भने १ हजार ७४२ जनाले अनुमति पाएका थिए।

सन् २०१५ मा हिमाल आरोहणका लागि अनुमति पाएकामध्ये २१, सन् २०१६ मा १२, २०१७ मा ९, २०१८ मा २५ र सन् २०१९ मा १७ जनाको मत्यु भएको थियो।

सगरमाथा आरोहणका लागि सन् २०१५ मा ३५७ जनाले अनुमति लिएका थिए तर त्यसबेला कोही पनि सगरमाथा आरोहण गर्न सफल भएनन्। त्यस वर्ष १४ जनाको मृत्यु भएको थियो।

सन् २०१६ मा ३८ दलका २९२ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएकोमा ५ जनाको मृत्यु भयो भने १९७ जनाले मात्र सगरमाथा आरोहण गरेका छन्।

सन् २०१७ मा सगरमाथा आरोहणका लागि ४३ दलका ३६६ जनाले अनुमति पाएकोमा १९९ जना मात्र सफल भएका थिए। ६ जनाले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका थिए।

सन् २०१८ मा ३८ दलका ३४६ जनाले अनुमति लिएकोमा ३४ जनाले मात्र सफल आरोहण गरका छन् भने ५ जनाको मृत्यु भएको छ।

२०१९ मा भने ४४ दलका ३८१ जनाले अनुमति लिएकामा २८० जनाले सफल आरोहण गरेका थिए। त्यतिबेला ९ जनाको मृत्यु भएको प्रतिवदेनमा उल्लेख छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्