दाङ । पाँच नम्वर प्रदेश सरकारले समयमै काम सम्पन्न गर्न नसक्ने निर्माण व्यवसायीको लाइसेन्स खारेज गर्ने कानुन बनाउने भएको छ ।

Advertisements

बबई गाउँपालिकाको सभा हल उद्घाटन गर्न गृह जिल्ला दाङ आउनुभएका मुख्यमन्त्री पोखरेलले एउटै निर्माण व्यवसायीले धेरै ठाउँमा ठेक्का लिएर विकास निर्माणका काम अस्तव्यस्त पारेको भन्दै त्यसलाई नियमन गर्न प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले समयमै काम सम्पन्न गर्न नसक्ने ठेकेदारको लाइसेन्स खारेज गर्ने कानुन ल्याउन लागेको जानकारी दिनुभयो ।

Advertisements

पैसाका अभावका कारण कुनै पनि विकास निर्माणका कार्यक्रम नरोकिने बताउँदै उहाँले २० बर्षदेखी अलपत्र परेको दाङ–सुर्खेत सडकखण्डको स्तरउन्नती अब द्रुत गतिमा अघी बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले कम्युनिष्ट सरकारले विकासमा चालेको कमदले प्रतिपक्ष दल काँग्रेस आत्तिएको समेत बताउनुभयो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्