काठमाडाैं । पछिल्लो डेढ महिनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ।

Advertisements

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु एक हजारले घटेको छ। छापावाला सुनको मूल्य रु ७२ हजार ४०० कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ४०० मा कारोबार भएको थियो।

Advertisements

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजारले घटेको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार १०० कायम भएको छ। बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार १०० रहेको थियो।

चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। स्थानीय बजारमा आज चाँदी प्रतितोला रु १० ले घटी रु ८८५ निर्धारण भएको छ। बिहीबार चाँदी प्रतितोला रु ८९५ मा खरिदबिक्री भएको थियो। रासस

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्