तुलसीपुर । तुलसीपुरमा रहेका विपन्न तथा अनाथ १० जना बालबालिकाहरुलाई सहयोग गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५का अध्यक्ष विरेन्द्रकुमार शाहको अगुवाईमा तुलसीपुर–६ मा रहेका ‘दीदी घर’मा आश्रय लिएका १० जना बालबालिकाहरुलाई सहयोग गरिएको हो ।

Advertisements

दिदी घरकी सञ्चालिका स्यानी चौधरीले तीन वर्षदेखि संरक्षण र पालनपोषण गर्दै आएका बालबालिकाहरुलाई पालनपोषणमा सहजताका लागि तीन महिनालाई पुग्ने खाद्यान्न र दिउँसोको खाजा सहयोग गरिएको वडा अध्यक्ष शाहले बताए ।

Advertisements

शाहले आफूहरु सामाजिक सेवामा विगतदेखि नै क्रियाशील रहेको भन्दै यो पटक टिमले सल्लाह गरी अनाथ बालबालिकालाई सहयोग गरेको बताए ।

उनले सहयोगी टिममा होम प्रकाश गौतम, बेगेन्द्र शाह, शम्भु गिरी, खिमबहादुर वली, सुरेश श्रेष्ठ, मेघराज रेउले, गोपाल केसी, अभियान बस्नेत रहेको जानकारी दिए ।

दिदी घरकी सञ्चालिका स्यानी चौधरीले बालबालिकाहरुलाई खाना समस्या भएको अवस्थामा आएको सहयोगले ठूलो राहत पुगेको बताइन् । ‘मैले तीन वर्षदेखि अनाथ बालबालिकाको संरक्षण र पालनपोषण गर्दै आएकी छु’

उनले भनिन्, ‘सबैजना विद्यालयमा पढ्छन् तिनको स्कुल खर्च जेनतेन जुटे पनि खानामा समस्या रहेको छ । सहयोगी मनहरुलाई सहयोग गरिदिनसमेत उनले सबैलाई आग्रह गरेकी छन् ।एक कार्यक्रमको आयोजना गरी शाहको टिमले चामल, दाल, तेल, नुन, चाउचाउ, बिस्कुटलगायतका खाद्यान्न हस्तान्तरण गरेको छ । दिदी घरमा तीन वर्षदेखि ९ वर्षसम्मका बालबालिका रहेका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्