काठमाडौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले प्रतिष्ठानकी उपलकूलपति डा. संगीता भण्डारीलाई बर्खास्त गर्न माग गर्दै कार्यवाहक प्रधानमन्त्री इश्वर पोख्रेललाई ज्ञापनपत्र बुझाएको छ ।

Advertisements
अभियानका सदस्य सचिव सविन प्रियासनले ज्ञापनपत्र बुझाउनुभएको हो । सो क्रममा प्रतिनिधिसभा सदस्य एवं नेकपाको स्वास्थ्य बिभाग प्रमुख सुजिता शाक्य, सांसद  मेटमणि चौधरीलगायतको सहभागिता थियो ।

कार्यवाहक प्रधानमन्त्री पोख्रेलले प्रतिष्ठान जनताको सम्पत्ति भएकाले कुनै पदाधिकारीका कारण समस्या आएको भए समाधान गर्न सरकार तयार रहेको बताउनुभएको थियो । उहाँले विभागीय मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभएको थियो ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्