गुल्मी । गएराति अज्ञात समुहले अर्घाखाँचीमा वडाअध्यक्षको मोटरसाइकलमा आगजनी गरेको छ।

Advertisements

छत्रदेव गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्षको लु १ ब १६८८ नम्बरको मोटरसाइकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताउनुभयो ।

Advertisements

वडाअध्यक्षले आफनो घर नजिकै पार्किङ्ग गरेर राखेको मोटरसाइकलमा आगजनि हुँदा मोटरसाइकल पूर्ण रुपमा नष्ट भएको छ।

मोटरसाइकलमा आगजनी भएपछि आज बिहान वडाअध्यक्षले प्रहरीलाई खबर गरेको र प्रहरी पुग्दा जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ।

आगजनी गर्नेकोे खोजी भइरहेको प्रहरी नायव उपरीक्षक बिष्टले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्