दाङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले पार्टी एकता गर्दा दुई अध्यक्ष प्रचण्ड र केपी वली आलोपालो प्रधानमन्त्री हुने भनेर गरिएको सम्झौता कार्यान्वयन नहुने संकेत गुर्नभएको छ ।

Advertisements

प्रेस संगठन दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा प्रभाकरले दुई अध्यक्ष आलोपालो प्रधानमन्त्री बन्ने सम्झौता पार्टी एकता गर्ने सीलशीलामा गरिएकाले त्यसबेलाको सहमतीले खासै अर्थ नराख्ने संकेत गर्नुभयो । बिगतका सहमती पार्टी एकिकरण टुंग्याउन गरिएको भन्दै नेता प्रभाकरले सरकारको नेतृत्व आलोपालोमा गर्ने बिषयमा अबको पार्टी कमिटीको निर्णय मात्रै मान्य हुने बताउनुभयो ।

Advertisements

पार्टी आधिकारिक निर्णय गर्दा देशको हितमा मात्रै गर्ने उहाँको भनाई छ ।
पत्रकार सम्मेलनमा पूर्व गृहमन्त्री समेत रहनु भएका नेता प्रभाकरले विप्लव समुहलाई हिंसाको राजनीति त्याग्न समेत आग्रह गर्नुभयो । उहाँले भ्रष्टाचार र अन्या अत्याचारका बिरुद्ध जंगलबाट नभई काठमाण्डौ गएर आवाज उठान सुझाव दिनुभयो ।
अहिले जनताले हिंसा नभई शान्ति चाहेकाले जनचहाना बमोजिम अघी बढ्न उहाँले विप्लवलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्