सुर्खेत । अविरल वर्षासँगै गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

Advertisements

कालिकोटको तिलागुफा नगरपालिका-७, टाकुल्ला खोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । बाढीले सडक बगाएपछि शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध भएको हो ।

Advertisements

राजमार्ग अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार सडक डिभिजन कार्यालय, जुम्लाले दुई डोजर लगाएर पहिरो पन्छाइरहेको छ ।

कर्णालीको लाइफलाइनका रूपमा हेरिने याे राजमार्ग पहिरोका कारण बर्सेनि अवरुद्ध हुने गरेको छ । तर, राजमार्गको स्तरोन्नति गर्नतर्फ राज्यले चासो नदिएकाे स्थानीयको गुनासो छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्