काठमाण्डौ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही व्यक्तिहरू सशस्त्र विद्रोहीबाट प्राप्त उपलब्धिको बदनाम गराउन सक्रिय रहेको आरोप लगाएका छन् ।

Advertisements

उनले भने, ‘उपलब्धिको बदनाम गर्ने सिलसिला सुरु गरेका छन् । हामी सफल हुन दिँदैनौं ।’ अध्यक्ष दाहालले सरकारले राम्रा काम गर्न खोजे पनि सोचेजति सफलता हात नलागेको बताए ।

Advertisements

सुरेश वाग्लेको स्मृति सभालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै दाहालले भने, ‘सरकार प्रभावकारी होस् भन्ने चिन्ता हामीले पनि सुनेका छौं । राम्रा काम गर्न नखोजिएको होइन, आकांक्षाअनुसार काम भएनन् भन्ने कुरा आएको छ ।’

दाहालले नेकपाका नेताहरु आत्मकेन्द्रित, व्यक्तिवादी र आदर्शबाट विचलनतिर गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पार्टीले छिट्टै राष्ट्रिय जागरणको अभियान सञ्चालन गर्न लागेकाले तयारी अवस्थामा रहन उनले पार्टी पंक्तिलाई निर्देशन दिए । उनले भने, ‘यही पार्टी र सरकारलाई बलियो बनाउन एकताबद्ध हुनुको विकल्प छैन ।’

माओवादी सशस्त्र विद्रोहका क्रममा मारिनेमध्ये सुरेश वाग्ले उच्चस्तरका नेता हुन् । तत्कालीन वैकल्पिक पोटिब्युरो सदस्य वाग्लेको २०५६ भदौ २३ मा गोरखाको छोप्राकमा प्रहरीसँगको भिडन्तमा मारिएका थिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्