गणेश आचार्य

Advertisements

दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी परस्त्रीसँग पक्राउ परेका छन् ।

Advertisements

यहिँ भदौ २१ गते शनिबार दिउँसो अख्तियारका कर्मचारी प्रहरी जवान महेन्द्र विसी नेपालगन्ज सुर्खेतरोड स्थित सामथ्र्य ईन होटलको कोठा नम्वर ७ मा परस्त्रीसँग यौन सम्पर्क राख्दाराख्दै पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार ती महिलाका श्रीमानले श्रीमतीको चरित्रमा शंका लागेपछी उनको पिछा लागेका थिए । उनले आफ्नी श्रीमती अख्तियारमा कार्यरत प्रहरीसँग सामथ्र्य ईन होटलको कोठा नम्वर ७ मा प्रवेश गरेपछी प्रहरीलाई खबर गरेका थिए । होटेलको कोठामा प्रहरीले छापा मारेपछी घरमा श्रीमती हुँदाहुँदै अर्काकी श्रीमतीसँग यौन प्यास मेट्न होटेल पुगेका महेन्द्रले आफू अख्तियारको कर्मचारी भएको बताएका थिए ।

परपुरुषसँग होटेलमा भेटिएकी महिलाका श्रीमानले नै खबर गरेकाले प्रहरीले उनीहरु दुवैजनालाई हिरासतमा राखेको थियो । तर,बाँके प्रहरीले यो खटनालाई गुपचुप राखेर मिलापत्र गराएको छ । प्रहरी स्रोतका अनुसार ती महिलालाई माइतीको जिम्मा लगाएर अख्तियारमा कार्यरत प्रहरी जवानलाई छोडेको छ ।

 

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्