काठमाण्डौ । बलात्कारको आरोपमा मंगलबार साँझ प्रहरीले एक इञ्जिनियरलाई पक्राउ गरेको छ।

Advertisements

पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनियर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

Advertisements

स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको आरोप लागेको छ’, उनले भने, ‘अनुसन्धानका लागि पक्राउ गरेका हौँ।’

किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता चन्दको भनाइ छ। सव–इञ्जिनियर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएको बताइएको छ। रासस

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्