काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)ले सामूहिक विकासको प्रयास गरेको बताएका छन्।

Advertisements

नेपाल बुद्धिजीवी संगठनले आइतबार ललितपुरमा आयोजना गरेको बीआरआई संवाद कार्यक्रममा उनले बीआरआई ठूलो प्रोजेक्ट भएको र यसबाट नेपालले फाइदा लिन सक्ने बताए। उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको पूर्वसन्ध्यामा बीआरआईबारे बहस हुन महत्वपूर्ण कुरा भएको बताए।

Advertisements

‘बीआरआई निकै ठूलो प्रोजेक्ट हो। यसले सैन्य अभ्यासको परिकल्पना गर्दैन, शक्ति केन्द्रको परिकल्पना गर्दैन’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘यो सामूहिक विकासको प्रयास हो। यसबाट नेपालले धेरै फाइदा लिन सक्नेछ।’

अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा त्रिदेशीय साझेदारीको कुरा उठाएको बताउँदै त्यसलाई सरकार बाहिर हुँदा पनि निरन्तरता दिएको दावी गरे।

‘म प्रधानमन्त्री हुँदा र सरकारबाहिर रहँदा पनि त्रिदेशीय साझेदारीको विषय उठाउँदै आएको छु’, उनले भने, ‘बिम्सिटेक सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिङ फिङ र भघारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो विषयमा गम्भीर कुरा राखेको थिए।’

अध्यक्ष प्रचण्डले नेपाल असंलग्न र स्वतन्त्र विदेश नीतिको पक्षमा रहेको बताए। ‘हामी असंलग्न र स्वतन्त्र विदेश नीतिका पक्षमा छौँ’, उनले भने, ‘हाम्रो देशको राष्ट्रिय स्वतन्त्रता सुदृढ गर्ने, अक्षुण राख्ने हाम्रो घोषित नीति नै हो। यसबाट हामी दायाँबायाँ हुँदैनौँ।’

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्