सल्यान । सल्यानको सिद्धकुमाख गाउँपालिकाको गाडीमा आगजनी भएको छ।

Advertisements

कार्यालयमा पार्किङ गरी राखेको रा१झ १७० नम्बरको गाडीमा शनिबार करिब राति ११ बजे आगजनी गरिएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले दाबी गरे।

Advertisements

आगजनीबाट गाडीमा पूर्णरूपमा क्षति भएको छ। टाटा कम्पनीको ‘डबल क्याप स्कार्पियो’ मोडलको उक्त गाडी ३७ लाख ३० हजार रूपैयाँमा किनिएको गाउँपालिकाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, सल्यानले घटनाको अनुसन्धान भइरहेको बताएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्