गणेश आचार्य

Advertisements
डीएसपी हरिहरनाथ योगी

इन्चार्ज भएर नयाँ ठाउँमा गएपछि पत्रकारलाई बोलाएर अधिकांश प्रहरी अफिसरले भन्ने एउटै रेडिमेट शब्द हो,‘म कानुन मिच्ने कसैलाई छाड्दैन् ।’ यहिँ शब्द इप्रका तुलसीपुरमा केही हप्ता पहिले सरुवा भएर आएका डीएसपी हरिहरनाथ योगीले पनि दोहोर्‍याएका छन् ।

Advertisements

डीएसपी प्रेमबहादुर शाहीको सरुवा पश्चात् उनको ठाउँमा यहाँ आएका योगीको बोलीमा बिश्वास गर्ने हो भने यस क्षेत्रमा कुनै अलौकिक शक्ति बाहेकले कुनै अपराध गर्न सक्दैन् । उनले पत्रकार माँझ लागु औषध र गिट्टी बालुवा तस्करी मुख्य चुनौती रहेको बताए । उनले यस क्षेत्रमा लागु औषध कारोबारकी डन मानिने ‘माइली’लाई खोरमा हाल्न पनि सफल भएका छन् । त्यति मात्रै होइन्,नदिजन्य पदार्थको अबैध उत्खनन् गर्न प्रयोग गरिएका १६ वटा टे«क्टर समेत नियन्त्रणमा लिएका छन् । उनले गरेका यसप्रकारका कामलाई राम्रो नै मान्नुपर्छ ।

तर,आउने बित्तिकै उनले गरेका एक्सनलाई मात्रै हेरेर उनको वाही वाही गर्नु चैँ हतार हुनेछ । किनकी,यसअघीका नजिर हेर्ने हो प्रहरीका हाकिम आउने बित्तिकै गर्ने एक्सन ‘पानीको फोका’ साबित भएका छन् । यसबारेमा पाठकलाई धेरै सिकाउनु ‘इन्द्रका अगाडी स्वर्गकाे बयान’ गरेँ झैँ हुन्छ । पाठक मध्ये कोही ट्रेक्टर व्यवसायी पनि हुनुहुन्छ होला । ट्रेक्टर व्यवसायी ज्यू,तपाई आफैँलाई थहाँ छ नि हगि पहिलेका हाकिमले आउने बित्तिकै ट्रेक्टर समाते र अनि अर्को पटकबाट कति पैसा बुझेर छाड्न थाले भन्ने ? त्यहीँ भएर मैले धेरै भनिरहन पर्छ जस्तो लागेन । मैले भन्न खोजेको मात्रै के हो ? भने,‘अहिलेका नयाँ डीएसपीको सुरुवाती एक्सन पहिलेका केही डीएसपी जस्तै एक हातले पैसा समातेर अर्को हातले अपराधी छोड्ने नहोस् ।’

मैले यति लेखिरहँदा यहाँको कन्सिरी तात्न पनि सक्छ । कृपया त्यसो भयो भने एक गिलास पानी पिउनु होला । अनि आत्मालाई साक्षी राखेर पढ्नुहोला । अँ साँच्ची ! डीएसपी’साबले अर्को कुरापनि भन्नुभा छ क्यार ! जुवातास नियन्त्रण गर्ने । यहाँलाई मेरो ठाडो जवाफ छ डीएसपी’साब कसैको घरबास नै स्वाह ! हुनेगरी चलेको जुवा अड्डा छ भने त्यो जुवा प्रहरीको सुरक्षामा चलिरहेको हुन्छ । प्रहरीलाई पैसा नदिएर पेशेवर जुवा चल्नै सक्दैन् । यसको वास्तविकता तपाईकै प्रहरीलाई सोध्नुहोला ।

यहाँले मुस्ताङमा मन्त्रीको ज्वाँइलाई जुवाको खालमा समातेको प्रसंग पनि उठाउनु भएको थियो । त्यतिबेला के भन्नुभएको थियो भन्ने कुरा पनि याद होला नि हगि ? यहाँले भन्नुभयो की,‘जुवा छ जानकारी पाँए । मेरो घुमुवा(बिभिन्न खबर संकलन गर्ने बहानामा सिभीलमा खटाइने । तर, अपवाद बाहेक अबैध काम गर्नेसँग पैसा असुल्न पठाइने भरिया प्रहरी) लाई जुवा नखेल्न भनेर सम्झाउन पठाएँ । उनीहरुले उल्टै ‘मेरो जेठान मन्त्री छ,म वडा अध्यक्ष हुँ । त्यो डीएसपीले के गर्न सक्छ ?’ भनेछन् । अनि उनीहरुलाई समातेर सात दिन थुनेँ ।’ तपाइले भनेको कुरा यहीँ त हो नी हगि ? तपाईको यो अभिव्यक्ति सुन्दा मलाई तपाईले यति कुरा नाङ्लो ठटाएर हात्ती तर्साउन खोज्नु भएको त होइन जस्तो लाग्यो डीएसपी’साब ।

जुवा चलेको सुचना पाएपछी तपाईले जुवाडेलाई पक्राउ गर्न प्रहरी परिचालन गर्ने हो की,जुवा नखेल्ने सूचना पुर्‍याउने  हो ? प्रहरीको कुनै चैँ नियमावलीमा लेखेको छ जुवाडेलाई जुवा खेल्दा सम्झाउन प्रहरी पठाउनु भनेर ? यदि छ भने त्यो व्यवस्था प्रहरी नियमावलीको कति नम्बर पेजको कुन अनुच्छेदमा छ ? जानकारी गराइदिनुहोला । तपाईले तपाइकै कार्यकक्षमा तपाईले भनेको कुरा यदि सँच्चीकै हो भने  तपाइले घुमुवा प्रहरी जुवाडेलाई सम्झाउन होइन्,पैसा माग्न पठाउनु भएको हो । जुवाडेले मन्त्री र वडा अध्यक्षको दम्भ देखाउँदै तपाईका दुतलाई बाल दिएनन् । अनि तपाइले पनि प्रहरीको बर्दीको तागत देखाउनुभयो । तपाईको अभिव्यक्तिमा लुकेको फ्याक्ट कुरा मैले यहीँ पाएँ । यदि यसो होइन् भने तपाईले जुवाडेलाई पक्राउन गर्न आदेश नदिएर किन सम्झाउन पठाउनुभयो ?

डीएसपी’साबलाई मेरो अनुरोध तुलसीपुर प्रहरी अधिकारीको ‘कालापहाड’होइन् । यति कुरा बुझेर काम गर्नुहोला । कानुन मिच्ने जो कोहीलाई नछाड्नु होला । ‘डीएसपी योगीले कुन व्यापारीले भनेको मान्छन् ?’ भनेर चोकमा कुरा गरेको सुन्न नपरोस् । बस् अहिलेलाई यत्ति ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्