गणेश आचार्य
दाङ । बच्चा जन्मेपछी हरेक किसिमले आमासँग नजिक हुन्छ । किनकी उसको लालनपालन र हेरचाहमा बावुको भन्दा आमाकै भुमिका धेरै हुन्छन् । त्यसैले होला बच्चा बावुसँग भन्दा आमासँग जान रुचाउँछन् । अझँ भनौँ,‘बच्चालाई बावुको भन्दा आमाको काख बढ्ता न्यानो हुन्छ ।’

Advertisements

तर,दाङको तुलसीपुरमा एकजना यस्ता बालक फेला परेका छन्,जसलाई आमाको अनुहार देखे एलर्जी हुन्छ । ती बालक हुन्,तुलसीपुर उपमहानगरपालिका १६ बक्लाहीका १४ बर्षिय बिशाल चौधरी । बिशालका अनुसार उनी ६ बर्ष हुँदा उनका बाबु बहुदलको हत्या भयो । उनकी आमा मायाँले लोग्ने हत्याको जिम्मा लिइन् र जेल सजाए भुक्तान गरिन् । जेल सजाए भुक्तान गरेपछी मायाँले दोस्रो बिहे गरिन् । बशिाल मावली घरमा बस्न थाले । तर,उनलाई मावलीघरमा बस्न सहज भएन् । मावलकी हजुरआमाले उनलाई कयौँपटक घरबाट निकालीन । तर,टुहुरो बिशालको जाने ठाउँ कतै थिएन । मानसिक र शारीरिक यातना सहेर सहेर मावलीमा बसे । उनी तनावमा थिए ।

Advertisements

तनावका बीच पर्सेनीका एक दलालले गत चैत महिनामा उनलाई २ महिनाका लागी भारत का मगर्न जाने र पैसा कमाइने आश्वासन दिए । मावलीमा अपहेलित भएर बसिरहेका उनलले दलालको कुरा सहजै पत्याए । उनलाई भारतीय कारमा राखेर भारतको सिम्ला पु¥याइयो । त्यहाँ पुगेपछी उनले आफू बेचिएको थाहा पाए । उनले त्यहाँ घरायसी कामदेखी स्याउ टिप्ने र बोक्ने काम गरे ।

यत्तिकैमा उनले त्यहाँ नरकिए जीवन बिताइरहेको खबर कञ्चनपुरका पत्रकारहरु जुद्ध चौधरी,दिपेन्द्र बस्नेत लगाएकलाई आयो । उनीहरुले सेवक नेपाल नामक गैरसरकारी संस्थासँग समन्वय गरे । अनि उनलाई त्यहाँबाट बिशाललाई उनको गृह जिल्ला दाङसम्म ल्याइयो । तर,उनले जन्मदिने आमासँग जान मानेन् । आमाको जिम्मा लगाउन खोज्दा भक्कानिदै रोए र आमासँग जान अस्वीकार गरे । उनले पत्रकारहरुसँग आमाले बुवाको हत्या गरेकाले आफू नजाने बताए । उनलाई हाल तुलसीपुर उपमहानगरपालिकाको जिम्मा लगाइएको छ ।

(बिशाल चौधरीको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्