चितवन ।  चितवन मेडिकल कलेजले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएपछि शुरु भएको विद्यार्थीले आन्दोलनका कारण उक्त कलेजमा १६ दिनदेखि पठनपाठन ठप्प भएको छ ।

Advertisements

चितवन मेडिकल कलेजका २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत छन् ।  मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क असुल गरेकै कारण आन्दोलन गर्नुपरेको र शुल्क नघटेसम्म आन्दोलन जारी रहने विद्यार्थीहरुले बताएका छन् ।

Advertisements

मुख्यरुपमा एमबीबीएस अध्ययनरत विद्यार्थीसँग सरकारले तोकेभन्दा रु १२ लाख बढी कलेजले असुल गरेको आन्दोलनरत विद्यार्थीको भनाइ छ ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबीबीएसका लागि शैक्षिक शुल्क रु ४२ लाख तोकेको जानकारी दिंदै कलेजले यसका अतिरिक्त परीक्षा शुल्क, इन्टर्नसिप शुल्क र समुदायमा जाँदा हुने खर्च गरी रु ६ लाख मात्र अतिरिक्त शुल्क लिइएको बताए ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य संसदीय समितिको अध्ययन टोलीले रजिष्ट्रेशन, काउन्सिल शुल्क र सम्बन्धन शुल्क समेत लिन पाउने उल्लेख गरेको भन्दै त्यसमा रहेर काम गर्न आफूहरु तयार रहेको प्राडा न्यौपानेको भनाइ छ ।

शिक्षा मन्त्रालयले गएको ८ चैतमा मेडिकल कलेजहरुलाई उनीहरुले सरकारबाट तोकिएको शुल्कभन्दा बढी शुल्क लिएको भन्दै उक्त बढी शुल्क एक महिनाभित्रै फिर्ता गर्न भनेको थियो ।  कलेजहरुले उक्त शुल्क पनि फिर्ता गरेका छैनन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्