अछाम । नेत्रविक्रम चन्द विप्लव समूहले गए राति अछामको कमलबजार नगरपालिकामा बम विस्फोट गरेको छ।

Advertisements

राति पौने १ बजे नगरपालिका कार्यालयमा विप्लव समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

Advertisements

विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए। तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ।

प्रहरीले विस्फोट गराउने समूहको खोजी भइरहेको जनाएको छ। नगरपालिका कार्यालयको ढोका नजीक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले जानकारी दिए।

यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्ष्य गरी उनको निवासमै अज्ञात समूहले गोली प्रहार गरेको थियो। नगरपालिका कार्यालयमै बम विस्फोट भएपछि कर्मचारी त्रसित बनेका छन्।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्