Advertisements

काठमाडौं– चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अप्रेसन गरेकी एक महिलाको मृत्यु भएको छ ।

Advertisements

धादिङको गंगाजमुना गाउपालिकाकी २९ वर्षीया अनिता गुरूङको मृत्यु भएको हो ।

शुक्रवार(हिजो) दिउँसो हिँडेरै अस्पताल पुगेकी गुरूङको चिकित्सकहरूले आज बिहान पत्थरी निकाल्न शल्यक्रिया गरेका थिए ।

शल्यक्रियापछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा वित्न नपाउँदै उनको मृत्यु भएको मृतकका आफन्तले बताए ।

शल्यक्रिया पछि स्वास्थ्य भएको विरामीको मृत्युु भएपछि मृतकका आफन्तले अस्पतालको लापरबाहीले गुरूङको मृत्यु भएको आरोप लगाएका छन् ।

अस्पतालले भने बिरामीको मृत्यु अप्रेसनमा भएको लापरवाहीले नभइ हर्ट अट्याकका कारण भएको दाबी गरेका छन् ।

पत्थरीको सफल शल्यक्रिया भएको बताएका चिकित्सकले केही मुटु चल्न छाडेका कारण गुरुङको मृत्यु भएको जनाएपछि मृतका आफन्त आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अप्रेसन सफल भएपनि गुरुङको ज्यान गएको आरोप लगाएका छन् ।

ओम अस्पतालमा केही महिना अघि पनि पत्थरी को शल्यक्रिया को क्रममा सिन्धुपाल्चोकी एक महिलाको मृत्यु भएको थियो ।

उक्त अस्पताल विवादित संचारकर्मी रवि लामिछानेका ससुरा उद्वव पौडेलको हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्