दाङ । “कपिलबस्तु”श्री खूल्ला राष्ट्रिय प्रतियोगीतमा दाङका सुनील दहित ७५ केजी तौल समूहम तेस्रो हुनभएको छ ।

Advertisements

गत असोज १० र ११ गते कपिलबस्तु शारिरीक सुंगठन तथा फिटनेसले आयोजना गरेको उक्त प्रतियोगीतमा फ्रेण्डस् फिटनेस सेन्टर तुलसीपुरबाट भाग लिएका चौधरीले तेस्रो स्थान हासील गर्नुभएको सेन्टरका प्रशिक्षक आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisements

दहितले यसअघि ७५ केजी तौल समूहमा चौथो मिस्टर काठमाण्डौमा भाग लिनुभएको थियो । उक्त प्रतियोगीतमा चौथो स्थान हासील गर्नुभएको थियो । आठौं राष्ट्रिय शाररिक सुंगठन प्रतियोगीतामा ८० केजी तौल समूहमा चौथो हुनुभएको थियो ।

प्रदेश नम्वर ४ र ५ का लागि बुटवलमा भएको बुद्धक्लासीक प्रतियोगीतमा ७५ केजी तौल समूहमा तेस्रो स्थान,भैरहवामा भएको प्रदेश ४ र ५ स्तरीय दाउन्ने ओशो प्रतियोगीतामा ७५ केजी तौल समूहमा तेस्रो स्थान र पोखरामा भएको बुल्समेन पोखरा प्रतियोगीतमा चौथो र मीस्टर दाङ २०७५ प्रतियोगीतमा ओभर अल विनर हुनुभएको प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्