सालोक्य

Advertisements

अन्तत: सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन्। हिजो संसद सचिवालयमै कार्यरत एक विवाहित महिलाले लगाएको गम्भीर आरोपपछि सभामुखले आज राजीनामा दिएका हुन्। राजीनामा दिन नेकपाको सचिवालय बैठकले पनि उनलाई सुझाव दिएको थियो। बैठकले सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन सुझाएको थियो।

Advertisements

प्रतिनिधि सभा नियमावलीको नियम २११ (१) बमोजिम सभामुखले उपसभामुखलाई सम्बोधन गरी राजीनामा दिएका हुन्।

राजीनामा पत्रमा भने अनौठो भाषा छ। भाषा हेर्ने हो भने राजीनामा हैन ‘निलम्बन’ को अर्थ लाग्छ। उनले राजीनामा पत्रमा ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको’ उल्लेख गरेका छन्।

नियमावली र संविधानमा भने यस्तो व्यवस्था छैन। लिखित राजीनामा दिएपछि पद रिक्त हुन्छ। छानबिन प्रक्रिया सकिनु वा नसकिनुसँग यसको मतलब हुँदैन।

छानबिन सुरु भएपछि सांसद पद स्वतः निलम्बनमा पर्नेछ।

राजीनामापछि अनुसन्धान होला?

सभामुखले राजीनामा दिएपछि के होला त? के यो केस यत्तिकै सकिएला?

यो ब्लग लेख्दासम्म पीडितले प्रहरीकोमा जाहेरी दिएकी छैनन्। यतिबेलासम्म त जाहेरी दिएर पीडितको स्वास्थ्य परीक्षणसमेत भइसक्नुपर्ने हो। जाहेरीको आधारमा प्रहरीले अदालतसँग अनुमति लिएर महरालाई अनुसन्धानका लागि पक्राउ गर्न सक्ने अवस्था छ।

अथवा त्यसो नभएर सुरुमा जाहेरी त्यसपछि प्रहरीले प्रारम्भिक अनुसन्धान गर्ने र त्यसपछि अदालतबाट अनुमति लिएर पक्राउ गर्ने पनि हुनसक्छ।

तर जाहेरी नै दिएको छैन भन्दै अनुसन्धानै अगाडि नबढ्ने हो भने यो केस यत्तिकै सकिने निश्चित छ।

mysansar.com बाट साभार

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्