दाङ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कृषि प्रणालीको परिवर्तन नै विकासको मुख्य आधार भएको बताउनुभएको छ ।

Advertisements

घोराही उपमहानगरपालिकाले आयोजना गरेको कार्याशाली गोष्ठिलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले परम्परागत कृषि प्रणालीका कारण विकासले गति लिन नसकेको बताउनुभयो । बैज्ञानिक कृषि प्रणाली अबलम्बन नगर्दासम्म जनताको जीवनस्तरमा परिवर्तन आउन नसक्ने उहाँको भनाई छ ।

Advertisements

मुख्यमन्त्री पोखरेलले विकासको उद्देश्य जनताको जीवनस्तरमा परिवर्तन ल्याउने हुनुपर्ने समेत बताउनुभयो । जनताको जीवनस्तर नसुधार्ने विकासको कुनै अर्थ नभएकाले त्यसतर्फ ध्यान दिन उहाँले जनप्रतिनिधीलाई सुझाव दिुनभयो ।
नेतृत्वमा पुगेकाहरुले आफू नेता स्थापति हुनेमा मात्रै केन्द्रीत भएकाले आवश्यकता अनुसारको विकास हुन ढिला भएको मुख्यमन्त्री पोखरेलको भनाई छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्