दाङ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनताको मन जित्नेगरी काम गर्न जनप्र्रतिनिधीलाई निर्देशन दिनुभएको छ । नेकपा दाङले जनप्रतिनिधीकालागि गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गदै यस्तो निर्देशन दिनुभएको हो ।

Advertisements

Advertisements

मुख्यमन्त्री पोखरेलले जनप्रतिनिधीबाट जनताले धेरै अपेक्षा गरेको भन्दै जनताको भावना अनुरुप काम गर्न निर्देशन दिनुभयो । ‘जनताको अपेक्ष अनुरुप तपाइहरुले काम गर्नुपर्छ ।’ नेकपाबाट निर्वाचित जनप्रतिनिधीलाई निर्देशन दिदैँ मुख्यमन्त्री पोखरेलले भन्नुभयो,‘विकास गरेर जनताको मन जित्ने काम गर्नुस् ।’

मुख्यमन्त्री पोखरेलले कतिपय ठाउँमा स्थानीय तहका प्रमुख र उपप्रमुख बिच मनमुनाव भएको सुन्नमा आएको भन्दै मनमुटाव त्यागेर जनताको म्यान्डेट अनुसार काम गर्न सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्